ख्वप इन्जिनियरिड्ड कलेज÷ख्वप कलेज अफ इन्जिनियरिड्डको शैक्षिक सत्र २०७३/०७४ मा नया“ भर्ना हुने विद्यार्थीहरुको लागि आवश्यक नमुना अनुसारको विद्यार्थी कलेज पोशाक र पोशाक सम्बन्धी सामग्रीहरु खरिद गर्नुपर्ने भएकोले इच्छुक इजाजत प्राप्त फर्म/कम्पनी, संस्था वा अधिकृत बिक्रेताहरुबाट फर्म/कम्पनी दर्ता प्रमाणपत्र, मु.अ.कर दर्ता प्रमाणपत्र, आ.व. २०७१/७२ को करचुक्ता प्रमाणपत्र, आ. व. २०७२/७३ मा कर बुझाएको प्रमाणको प्रतिलिपीहरु निवेदनसाथ संलग्न राखी तपसिलमा उल्लेखित शुल्क(फिर्ता नहुने) लेखा शाखामा बुझाई कलेजबाट यो सूचना प्रकाशित मितिले ३० दिनभित्र (२०७३ भाद्र ७ गते दिनको २ः०० बजेभित्र) जिन्सी शाखाबाट फाराम खरिद गरी ३१ औं दिनको (२०७३ भाद्र ८ गते) १२ः०० बजेभित्र रितपूर्वकको गोप्य शिलबन्दी बोलपत्र प्रस्ताव आह्वान गरिन्छ । शनिबार साप्ताहिक छुट्टिमा कलेज बन्द रहनेछ । विस्तृत जानकारीको लागि कलेजमा सम्पर्क राख्नु होला ।